काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रन्जु दर्शना विजयी
B
Buna Ghimire2026-03-06, 06:28 AM


काठमाडौँ: काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार रन्जु दर्शना भारी मतान्तरले विजयी भएकी छिन् ।
बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको १ सय ६५ निर्वाचन क्षेत्र मध्येकाठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन परिणाम सार्वजनीक भएको हो । दर्शनाले १५ हजार ४५५ मत ल्याउर्दै बाजी मारेकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ६ हजार ३६४ मत ल्याएका छन् । उनीहरूबीच ९ हजार ९१ बढीको मतान्तर छ । यहाँ कुल ४८ हजार ४ सय ८९ मतदाता छन् । यहाँ औपचारिक घोषणा हुन भने बाँकी छ । नेकपा एमालेका मोहन राज रेग्मीले १ हजार ६१८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र ३ हजार ९७२ ल्याएका थिए ।२०७९ सालमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७ हजार १ सय ४३ मत सहित विजयी भएका थिए ।

लोकप्रिय खबर
लोड हुँदैछ...




