चक्रे मिलन समूहमा आवद्ध ‘निरे’ पक्राउ
B
Buna Ghimire2026-04-19, 05:05 AM

No image available
नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनी संलग्न रहेको बताइएका उनलाई बालुवाटारबाट पक्राउ गरिएको बताइएको छ ।
उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध रहेको र सार्वजनिक शान्ति खलल पार्ने विभिन्न गतिविधिमा सक्रिय व्यक्ति भएको प्रहरीले जनाएको छ ।
उनका विरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी छ ।

लोकप्रिय खबर
लोड हुँदैछ...




