Global TV Logo
लोड हुँदैछ...

टप एन्ड टी–२० सिरिज : दोस्रो जितको लक्ष्यमा नेपाल

B
Binita Thapa
२०२६-०८-२६, ०४:०७ AM
होमपेज/समाचार
टप एन्ड टी–२० सिरिज : दोस्रो जितको लक्ष्यमा नेपाल

भदौ १० -  टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ । एसीटीले भने तीनै खेल गुमाएको छ ।

लगातार दोस्रो जितको लक्ष्यामा रहेको नेपालले यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ तथा बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग नौ विकेटको फराकिलो हार व्यहोरेको थियो ।  पछिल्लो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको नेपाल एसीटीविरुद्व उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।

पहिलो जितको लक्ष्यमा रहेको एसीटीले यसअघि किंग्समेन एकेडेमीसँग ६, न्युजिल्यान्ड ‘ए’सँग आठ र नर्दन टेरिटोरीसँग ६ विकेटको हार व्यहोरेको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com