Global TV Logo
लोड हुँदैछ...

तराईमा आज पनी तातो दिन, पहाड र हिमालमा वर्षा हुने

B
Binita Thapa
२०२६-०६-०८, ०३:२६ AM
होमपेज/समाचार
तराईमा आज पनी तातो  दिन, पहाड र हिमालमा वर्षा हुने

काठमाडौँ, जेठ २५-  देशका केही स्थानमा तातो दिन हुँदा केही भूभागमा भने वर्षाको सम्भावना छ । तराई क्षेत्रमा तातो हावाको लहर चल्दा पहाड र हिमाली भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । 

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।  

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । 

मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ । 

विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा सफा रहनेछ ।  कोसी प्रदेशका थोरै स्थान, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com