दोलखामा ३ बजेबाट मतगणना सुरु हुने
B
Buna Ghimire2026-03-06, 08:02 AM


काठमाडौँ: दोलखामा दिउँसो ३ बजेबाट मतगणना कार्य सुरु हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । जिल्लामा १ लाख ७० हजार ३२१ कुल मतदाता रहेकोमा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका हुन् ।

लोकप्रिय खबर
लोड हुँदैछ...




