नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा सेवा सुचारु

काठमाडौं , भदौ १५ - नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा सेवा सुचारु गरेको छ ।
पछिल्लो पटक ७ स्थानमा सेवा सुचारु भएसंगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका हुन् । रसुवाको नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटमा सेवा सुरु भएको छ । नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटमा पनि सेवा सुरु भएको छ । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका छन् । अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो गाउँपालिका वडा नम्बर ५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध भएको छ । छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशुली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा पुग्ने छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



