न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छ : डा. विपिन अधिकारी

काठमाडौं ,भदौ २१ - संविधानविद् डा. विपिन अधिकारीले न्यायपालिकाको सुधारका लागि न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उनले न्याय परिषद्को भन्दा पनि त्यसको नेतृत्व गर्ने प्रधानन्यायाधीशको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए।
अधिकारीले सर्वोच्च अदालतलाई संवैधानिक अदालतका रूपमा विकास गर्दै प्रदेशका अदालतलाई पनि पर्याप्त क्षमता, योग्यता र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए। यसो गर्न सके सर्वोच्चमा रहेको मुद्दाको चाप घट्ने उनको भनाइ छ।
उनले संविधान संशोधनका क्रममा न्यायपालिकाको सुधारसँगै शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए।
यस्तै, हिंसात्मक घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने भन्दै उनले मुलुकमा रहेको दण्डहीनता अन्त्यका लागि स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए।
लोकप्रिय खबर
लोड हुँदैछ...



