Global TV Logo
लोड हुँदैछ...

निरीक्षण मात्रै, निर्माण कहिले ? कमला पुलमा स्थानीयको प्रश्न

S
Sristi Thakuri
२०२६-०६-०७, ०६:४७ AM
होमपेज/समाचार
निरीक्षण मात्रै, निर्माण कहिले ? कमला पुलमा स्थानीयको प्रश्न

सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल १५ वर्षदेखि निर्माणाधीन अवस्थामै रहेको छ। पुलको प्रगतिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनील लम्साल ले स्थलगत निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा स्थानीयवासीले पुल निर्माण अझै सम्पन्न नभएको र स्पष्ट कार्ययोजना नदेखिएको भन्दै विरोध जनाएका थिए। यस अवधिमा १८ जना मन्त्रीले पुलको निरीक्षण गरिसके पनि निर्माण कार्य पूरा हुन नसकेको स्थानीयको गुनासो छ।

मन्त्री लम्सालले अब कुनै बहानामा पुल निर्माणको काम नरोकिने बताउँदै आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय र अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे । निरीक्षणका क्रममा उनले  क्षेत्रका अन्य सडक तथा पूर्वाधार आयोजनाको प्रगतिबारे पनि जानकारी लिएका थिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com