प्रधानमन्त्रीको अभिव्यक्ति बचाउमा परराष्ट्रको प्रष्टीकरण

जेठ १८ - प्रधानमन्त्री वालेन्द्र शाहले सीमा समस्याबारे प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले विवाद निम्तिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले संसद्मा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको दाबी गरेका हुन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा आइतबार नेपालले पनि भारतको सिमा मिचेको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको हो । परराष्ट्रले प्रधानमन्त्री शाहको भनाइ प्रस्ट पार्दै संसदमा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको दाबी गरेको हो । नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको पनि परराष्ट्रको स्पष्टीकरण दिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



