Global TV Logo
लोड हुँदैछ...

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

B
Binita Thapa
२०२६-०६-०६, ०७:३५ AM
होमपेज/समाचार
परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

जेठ २३ - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । 

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र विदेश विभाग प्रमुख चौथाईवालेबीच शनिबार बिहान नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विषयमा फलदायी छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

भेटवार्ताका क्रममा मुख्य गरी दुई देशबीचको आपसी द्विपक्षीय हित र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । राजनीतिक दलहरूबीचको आपसी संवाद तथा भ्रातृ सम्बन्धलाई अझ गहिरो र विस्तारित बनाउने तथा दुई देशका जनताबीचको परम्परागत एवं सांस्कृतिक सम्बन्धलाई थप व्यापक बनाउनेलगायत साझा चासोका विविध विषयहरूमा केन्द्रित रहेर गहन छलफल भएको जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने स्वदेश फर्केकै दिन खनाल दिल्ली गएका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com