Global TV Logo
लोड हुँदैछ...

फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर, यसबाट सन्देश के ?

B
Binita Thapa
२०२६-०७-२२, ०४:५६ AM
होमपेज/समाचार
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर, यसबाट सन्देश के ?

 साउन ६- पर्यटकका लागि आकर्षणको केन्द्र पोखराको फेवातालमा प्लास्टिकजन्य फोहोरको डङ्गुर थुप्रिएको छ ।

फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लास्टिक, झोलादेखि जुत्ता–चप्पलसम्म भेटिन्छ । यति मात्र होइन यस क्षेत्रले ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । 

अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ । ड्याम साइड पार्क र त्यस आसपास मात्र होइन, तालमा पनि पानीका बोतल तैरिएका छन् । 

पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, सङ्कलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्याम साइड पार्क क्षेत्र कुरूप बनेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com