बीपी कोइरालाको ४४औं स्मृति दिवस मनाइँदै

साउन ६ - नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा प्रख्यात साहित्यकार बीपी कोइरालाको ४५ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । नेपाली कांग्रेस, बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले उनको राजनीतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जलि सभा, पुष्पाञ्जलि अर्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछन् ।
नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताको पक्षमा जीवनभर अडिग रहेका बीपी कोइराला आजपनि नेपाली राजनीतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एकका रूपमा स्मरण गरिन्छन् ।
वि.सं. १९७१ भदौ २४ गते भारतको वाराणसीमा जन्मिनुभएका बीपी कोइरालाले बाल्यकालदेखि नै राजनीतिक चेतना प्राप्त गरेका थिए । विशेषगरी २००७ सालको जनक्रान्तिमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पु¥याएको मानिन्छ । नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको अर्को महत्त्वपूर्ण योगदान राष्ट्रिय मेलमिलापको नीति हो । बीपी कोइरालाको वि.सं. २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो । बीपीको निधनपछि प्रत्येक वर्ष साउन ६ गते बीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गरी श्रद्धाञ्जलि अर्पण गर्ने परम्परा रहँदै आएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



