भदौ २४ लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिन : प्रचण्ड

भदौ २४ - नेपाली कम्युनिष्ट पार्टी नेकपाले जेनजी आन्दोलनको क्रममा गत वर्ष भदौ २४ गतेलाई लोकतान्त्रिक आन्दोलनको कालो दिनको संज्ञा दिएको छ ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको शन्दर्शमा नेकपाका संयोजक पुष्पकमल दाहालले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय लगायत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो दिनका रूपमा चित्रण गरेका छन् । आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा आगजनीको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका हुन् । उनले युवाको असन्तुष्टिलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको आरोप लगाएका छन् । दाहालले युवाहरूको वास्तविक असन्तुष्टि र त्यसलाई हिंसामा परिणत गर्ने कार्य फरक भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको राजीनामापछि पनि संगठित रूपमा मच्चाइएको विध्वंस र त्यसपछि उत्पन्न गैरदलीय सरकार गठन तथा संसद् विघटन जस्ता घटनाले गम्भीर प्रश्न उब्जाएको नेकपाको ठहर छ । साथै, राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनलाई दराजमा थन्क्याउन नहुने स्पष्ट पार्दै आयोगका सुझावहरू कार्यान्वयन गर्न माग गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



