Global TV Logo
लोड हुँदैछ...

मदन–आश्रितको ३३औँ स्मृति दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

B
Buna Ghimire
२०२६-०५-१७, ०५:०१ AM
होमपेज/समाचार
मदन–आश्रितको ३३औँ स्मृति दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

नेकपा एमालेले मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरेको छ । यस्तै,मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

 भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् । 

उनले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई अघि बढाएको उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।

 नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भण्डारी र आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गर्दै भण्डारीको जनताको बहुदलीय जनवादले क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गरेका छन् ।।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com