मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
B
Buna Ghimire2026-03-06, 08:44 AM


मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए । उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

लोकप्रिय खबर
लोड हुँदैछ...




