युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो ? भन्दै माईतीघरमा प्रदर्शन
B
Buna Ghimire२०२६-०७-११, १०:०२ AM

काठमाडौं, असार २७ —जनपक्षिय ट्रेड युनियन महासंघले माईतीघरमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । महासंघले शनिवार गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पु¥याएको भन्दै विरोध प्रदर्शन गरेको हो । युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो ? भन्ने व्यानरसहित आन्दोलनमा सहभागीहरुले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन् । प्रदर्शनकारीहरुले युवाहरुलाई आत्मदाह गर्ने बाध्यता होईन, रोजगार देउ !, बालेन, रवि, स्वर्णिम बराबर ओली, देउवा, प्रचण्ड, गणेश नेपालीको हत्यारा सरकार – मुर्दावाद, युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो ? श्री ३ बालेन, रवि, स्वर्णिम सरकारले लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



