राधिका दासीको बारेमा अफवाह फैलाउने वेदिका केसी पक्राउ
B
Binita Thapa२०२६-०७-२३, ११:०९ AM

साउन ७ - वेदिका केसी पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार केसीविरुद्ध साइबर कसुर सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप लागेको छ । सोही आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



