रवि लामिछानेको भारत यात्रा, कूटनीतिक भेटवार्तामा नजर
S
Sristi Thakuri२०२६-०६-०१, ०८:५९ AM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका लागि सोमबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका छन्।
रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो। सभापति लामिछानेसँग उनकी पत्नी निकिता पौडेल पनि भ्रमणमा सहभागी भएकिछन् । सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ताको सम्भावना रहेको बताइए पनि भेट निश्चित भइसकेको छैन।भ्रमणले नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



