Global TV Logo
लोड हुँदैछ...

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा गायब, छानबिन सुरु

B
Binita Thapa
२०२६-०६-०३, ०५:०८ AM
होमपेज/समाचार
राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा गायब, छानबिन सुरु

जेठ २० -  राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको छ । यसको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।

राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो । चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई दाह्रासहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा मंगलबार राति अपरेशन चलाएर केही व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको नाम अहिलेसम्म गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ–आफ्ना घरमा सजाएर राखेको पाइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा गायब, छानबिन सुरु | Global TV Khabar