Global TV Logo
लोड हुँदैछ...

रासायनिक मल आपूर्तिमा चुनौती

B
Buna Ghimire
२०२६-०७-१२, ०६:५१ AM
होमपेज/समाचार
रासायनिक मल  आपूर्तिमा चुनौती

काठमाडौं, असार २८ — कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको बताएकी छन्।

चितवनको खैरहनीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस वर्ष रोपाइँअघि नै किसानलाई मल उपलब्ध गराउने लक्ष्य राखिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण समयमै वितरण गर्न नसकिएको स्पष्ट पारिन्।

उनले सरकारले कुन देशबाट सहज रूपमा मल आयात गर्न सकिन्छ भन्ने विषयमा निरन्तर काम गरेको उल्लेख गर्दै आगामी साउन १ गतेदेखि नयाँ ‘लट’को रासायनिक मल आयात प्रक्रिया सुरु हुने जानकारी दिइन्। उनका अनुसार आयात हुने मल बन्दरगाहमा पुगिसकेको छ।

मन्त्री चौधरीले आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर देशभर व्यवस्थित र योजनाबद्ध रूपमा मल वितरण गरिने बताइन्। स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय गर्दै किसानसम्म सहज रूपमा मल पुर्‍याउने व्यवस्था मिलाइने उनको भनाइ थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com