Global TV Logo
लोड हुँदैछ...

रसुवा बाढीको क्षति यथार्थपरक र तथ्यमा आधारित बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

S
Sristi Thakuri
२०२६-०९-०९, ०६:५४ AM
होमपेज/राजनीति
रसुवा बाढीको क्षति यथार्थपरक र तथ्यमा आधारित बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं  ,भदौ २४ - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवामा बाढीले पु¥याएको क्षतिको यथार्थपरक मूल्याङ्कन गर्न निर्देशन दिएका छन् । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवामा बाढीले पु¥याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिएका हुन् । अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले तयार गरिरहेको आरडीएनए र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमानको प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै अर्थमन्त्री वाग्लेले मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले पुनर्निर्माण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन बाढीबाट भएको क्षतिको वास्तविक अवस्था पहिचान गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगले रसुवा बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको द्रुत प्रारम्भिक आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ । विश्व बैंकले भने बाढीबाट भएको क्षतिको प्रारम्भिक आकलन तयार पारिसकेको छ । दुवै निकायबाट तयार भएका प्रारम्भिक विवरणलाई यकिन गरी साझा प्रारम्भिक प्रतिवेदन तयार गर्ने उद्देश्यले अर्थमन्त्री वाग्लेले सरोकारवाला निकायसँग छलफल गरेका हुन् । बाढीबाट भएको भौतिक क्षतिको आरडीएनए चार वटा क्षेत्रमा विभाजन गरेर मूल्याङ्कन भइरहेको छ । सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्तरक्षेत्रीय विषयवस्तुका रूपमा क्षतिको अध्ययन भइरहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com