Global TV Logo
लोड हुँदैछ...

रसुवाको बाढीपछि वीर अस्पतालमा आकस्मिक उपचारको विशेष तयारी

S
Sristi Thakuri
२०२६-०८-२६, ०८:०३ AM
होमपेज/विशेष समाचार
रसुवाको बाढीपछि वीर अस्पतालमा आकस्मिक उपचारको विशेष तयारी

काठमाडौं , भदौ १० - रसुवामा आएको बाढीका कारण घाइते हुनेको संख्या बढ्न सक्ने भन्दै वीर अस्पतालले आकस्मिक उपचारका लागि विशेष तयारी गरेको छ।

अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, औषधि तथा रगतको पर्याप्त व्यवस्थापन गरेको जनाएको छ। घाइतेको अवस्था हेरेर ‘ट्रायाज’ प्रणालीमार्फत ग्रिन, यल्लो र रेड क्षेत्रमा वर्गीकरण गरी उपचार गरिनेछ।

गम्भीर बिरामीका लागि २७ बेड तयारी अवस्थामा राखिएको छ भने आवश्यक परे थप १० देखि १५ जनासम्मलाई व्यवस्थापन गर्न सकिने अस्पतालले जनाएको छ। करिब १० वटा भेन्टिलेटर तथा १५० पाउन्ड रगत मौज्दात रहेको निर्देशक डा. विकास नेपालले जानकारी दिए।

ठूलो संख्यामा घाइते एकैपटक आएमा ‘डिजास्टर’ घोषणा गरी अस्पतालका सबै संयन्त्र पूर्ण रूपमा परिचालन गरिने उनले बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com