Global TV Logo
लोड हुँदैछ...

रास्वपा सभापति लामिछाने आज भारत भ्रमण जाँदै

B
Binita Thapa
२०२६-०६-०१, ०३:४४ AM
होमपेज/समाचार
रास्वपा सभापति लामिछाने आज भारत भ्रमण जाँदै

जेठ १८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ । 

रास्वपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रवारसम्म भारत भ्रमणमा जानेछन् । 

लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ । साथै उहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।

पार्टी सभापतिसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि भारत जाने रास्वपाले जनाएको छ । भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ ।

भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा। विजय चौथाइवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रास्वपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ । साथै, संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको छ । भाजपाले रास्वपा प्रतिनिधिमण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
रास्वपा सभापति लामिछाने आज भारत भ्रमण जाँदै | Global TV Khabar