रसुवामा बाढी प्रभावित ७ जनाको सेनाको हेलिकप्टरबाट उद्धार
B
Binita Thapa२०२६-०८-२६, ०६:३९ AM

भदौ १० - रसुवाका बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले सात जनाको उद्धार गरेको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुर क्षेत्रबाट चार जना र स्याप्रुबेँसी क्षेत्रबाट तीन जनाको उद्धार गरिएको हो । हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले उद्धार गरिएका व्यक्तिलाई बास्केटमार्फत हेलिकप्टरमा राखिएको सेनाले जनाएको छ ।
हाल नेपाली सेनाका चार वटा हेलिकप्टर टिमुर, स्याप्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा परिचालन गरिएको छ । उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन त्रिशूलीमा नेपाली सैनिक अस्पताल, छाउनीबाट २० जनाको मेडिकल टोलीसमेत खटाइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



