Global TV Logo
लोड हुँदैछ...

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरको सहभागिता

B
Buna Ghimire
२०२६-०५-१७, ११:३४ AM
होमपेज/समाचार
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरको सहभागिता

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’मा सहभागी हुन फ्रान्स जाने भएकी छिन् । 

महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिबल’को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले उनी फ्रान्स जान लागेकी हुन् । भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताइन् । 

अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीयस्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’समेत आयोजना गर्ने तयारी गरिरहेको छ । आफ्नो वैदेशिक भ्रमणको अवधिभरका लागि कार्यवाहक प्रमुख डंगोलले महानगरको कार्यवाहकको जिम्मेवारी ज्येष्ठताका आधारमा वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई दिएकी छिन् ।। 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरको सहभागिता | Global TV Khabar