Global TV Logo
लोड हुँदैछ...

सात घण्टा केरकारको भोलिपल्टै सचिव पुस्कर जगेडामा

B
Binita Thapa
२०२६-०६-०६, ०३:३६ AM
होमपेज/समाचार
सात घण्टा केरकारको भोलिपल्टै सचिव पुस्कर जगेडामा

जेठ २३-  उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै जगेडामा राखिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । सरुवासँगै उनलाई कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पुस्करको स्थानमा हालसम्म नयाँ सचिव पठाइएको छैन । सोमबार उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव खटाउने तयारी छ । पुस्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत सन्देश पठाएको विषयमा बिहीबार प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा केरकार गरेको थियो । केरकारपछि उनी रिहा भएका थिए । प्रहरी अनुसन्धानबाट मुक्त भएको भोलिपल्टै सरकारले उनलाई जिम्मेवारीबाट अलग गर्दै जगेडामा राख्ने निर्णय गरेको हो । 

पुस्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com