‘सुधार्न खोजें, तर नेतृत्व नै बाधक बन्यो’ : धवलशमशेर
S
Sristi Thakuri२०२६-०६-०४, ०९:२५ AM

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर जबराले पार्टी नेतृत्वकै कारण आफूहरू नयाँ राजनीतिक यात्रा सुरु गर्न बाध्य भएको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित आफूपक्षीय नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई सही दिशा र एजेण्डामा अघि बढाउने प्रयास सफल हुन नसकेको बताए। अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको विचार, मूल्य र एजेण्डालाई अगाडि बढ्न नदिएको उनको आरोप छ।
राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’सँग तुलना गर्दै उनले पुरानो संरचनाभित्र रहेर अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्षमा पुगेको बताए। उनले पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय भएको पनि उल्लेख गरे।
डा. जबराको नेतृत्वमा १८३ जना नेताले राप्रपाबाट सामूहिक राजीनामाको घोषणा गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



