सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
B
Buna Ghimire२०२६-०७-०५, ०६:४५ AM

काठमाडौँ, असार २१ - नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको आरोप लगाइन् । आईतवार ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित गरिएको आरोप उनको छ ।
उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन् ।
पत्रकारहरूको सूचनामा पहुँच सिमित भएको उहाँको आरोप छ । सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामथ्र्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गरिन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



