Global TV Logo
लोड हुँदैछ...

३४ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

B
Buna Ghimire
२०२६-०७-१३, ०६:३२ AM
होमपेज/विशेष समाचार
३४ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं,  असार २९— बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली तथा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बाढीको जोखिम रहेको छ ।

महाशाखाले विशेषगरी नदी तथा खोलानजिकका बस्ती, होचा भूभाग र डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

निरन्तरको वर्षाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने, डुबान तथा कटानको जोखिम समेत रहने चेतावनी दिँदै महाशाखाले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई सम्भावित विपद्को सामना गर्न आवश्यक पूर्वतयारी तथा उद्धार–राहत कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com