Global TV Logo
लोड हुँदैछ...

६ जिल्लामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

B
Binita Thapa
२०२६-०८-२६, ०७:३९ AM
होमपेज/विशेष समाचार
६ जिल्लामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

भदौ १० - तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो। बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ।

त्यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न आग्रह गरिएको छ।

प्राधिकरणले ती सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्न स्थानीय तह तथा प्रशासनलाई समेत अनुरोध गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com