६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट

काठमाडौं, असार २८ —नेपालको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्युन स्तरमा पुगेको हो । नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भएपनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने आशा गरिएको थियो । तर शेयर बढ्न सकेको छैन । गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचा पत्रमा समेत शेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो ।
तर सरकार बनेको भोली पटै देखि शेयर बजार भने घट्न शुरु भएको थियो । बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा ठिक अघिल्लो दिन अर्थात चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो । तर आजको दिनसम्म आईपुग्दा भने नेप्से परिसूचक २ हजार ६ सय को बिन्दुमा आएको छ ।
यसरी हेर्दा बालेन सरकार आए यता मात्र समग्रमा ३ सय ५० अंकले घटेको छ । यो शेयर बजारको ठूलो गिरावट हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



