Global TV Logo
लोड हुँदैछ...

अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

B
Buna Ghimire
२०२६-०५-१४, १२:२९ PM
होमपेज/स्वास्थ्य
अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई अस्पतालको स्वामित्वमा रहेका जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार पत्राचार गर्दै जग्गा तथा भौतिक संरचनाको सुरक्षा र संरक्षणका लागि तीन बुँदे निर्देशन जारी गरेको हो।

पहिलो बुँदामा अस्पतालको जग्गाको साँध–सीमा यकिन गर्न र त्यहाँ रहेका अनधिकृत संरचनाबारे विस्तृत विवरण पठाउन भनिएको छ।

दोस्रो बुँदामा अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन तथा सम्बन्धित व्यक्ति वा संस्थालाई तोकिएको समयसीमाभित्र संरचना हटाउन निर्देशन दिइएको छ।

तेस्रो बुँदामा अतिक्रमण हटाइएको वा खाली गरिएको जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल निर्माण गर्न तथा आवश्यक सुरक्षात्मक उपाय अपनाउन भनिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com