आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ, असार १- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३ औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस हुनेछ ।
बैठकको सुरुमै सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल सुरु हुनेछ । आजको बैठकमा ९ वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ । जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन् ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ ।
यस्तै,राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको १८ औँ बैठक आज बस्दैछ । अपराह्न सवा १ बजे सुरु हुने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुनेछ ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



