Global TV Logo
लोड हुँदैछ...

ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमान् नरेशविरुद्ध प्रमाण तथा साक्षीहरूलाई अदालतमा पेस गर्ने क्रम जारी

B
Binita Thapa
२०२६-१०-२८, ०४:०७ AM
होमपेज/विशेष समाचार
ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमान् नरेशविरुद्ध प्रमाण तथा साक्षीहरूलाई अदालतमा पेस गर्ने क्रम जारी

कात्तिक ११ - अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएका नरेश भट्टमाथि आफ्नै श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव टुक्राटुक्रा पारेको गम्भीर आरोप लागेको छ । 

यसै विषयमा चलिरहेको हत्या मुद्दाको सुनुवाइ सोमबारदेखि चौथो सातामा प्रवेश गरेको छ ।  अभियोजनकर्ताहरूले नरेशविरुद्ध आफ्नो दाबीलाई थप बलियो बनाउन विभिन्न प्रमाण तथा साक्षीहरूलाई अदालतमा पेस गर्ने क्रम जारी राखेका छन् । अहिलेसम्म ममताको शव फेला पर्न सकेको छैन । 

यद्यपि, सुनुवाइ सुरु भएदेखि हालसम्म जुरी सदस्यहरूले ५६ जना साक्षीहरूको बयान सुनिसकेका छन् । यसका साथै उनीहरूले घण्टौँ लामा निगरानी क्यामेराका फुटेज, प्रहरीले लिएका अन्तर्वार्ता र अपराध स्थलका प्रमाणहरूको पनि गहिरो समीक्षा गरेका छन् ।  यी प्रमाणहरूमा दम्पतीको घरभित्र भेटिएका रगत जस्ता देखिने दागहरू र नरेश भट्टले विभिन्न डम्पस्टर ९फोहोर फाल्ने भाँडो० हरूमा फोहोरका झोलाहरू फालिरहेको भनिएको भिडियो फुटेजसमेत समावेश छ । 

नरेश भट्टले आफूमाथि लागेका फर्स्ट डिग्री मर्डर, शव लुकाएको र शवलाई दूषित पारेको जस्ता सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com