Global TV Logo
लोड हुँदैछ...

निर्माण क्षेत्रमा गम्भीर संकट, व्यवसायीले काम गर्नै नसक्ने अवस्था : निकोलस पाण्डे

B
Buna Ghimire
२०२६-०५-१७, १०:२२ AM
होमपेज/आर्थिक
निर्माण क्षेत्रमा गम्भीर संकट, व्यवसायीले काम गर्नै नसक्ने अवस्था : निकोलस पाण्डे

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् । 

सरकारले कानूनअनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाब बढाइएको भन्दै उनले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको दाबी गरे । करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन् । 

अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको बताउँदै अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायीले काम गर्ने स्थिति नरहेको बताए । अहिले काम गर्दा घाटा मात्रै होइन, घरखेत नै गुम्ने स्थिति रहेको अवस्थामा व्यवसायीलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत दाबी गरे । 

निर्माण व्यवसायीहरूले ‘कन्स्ट्रक्सन हलिडे’ मागेको नभई काम गर्न नसक्ने अवस्था सिर्जना भएकाले निर्माण क्षेत्र स्वतः ठप्प हुने स्थिति आएकाले व्यवसायीले काम गर्न नचाहेर भन्दा पनि गर्न नसकेर काम रोकिने अवस्था आएको अध्यक्ष पाण्डेको प्रष्टोक्ति थियो । निर्माण व्यवसायीहरू यही राज्यका नागरिक रहेको र विकास निर्माणको जिम्मेवारी पनि उनीहरूले नै निर्वाह गरिरहेको बताउँद्रै व्यवसायीहरू नै सखाप भए भने राज्यका निर्माण कार्य अघि बढाउने जनशक्ति नै बाँकी नरहने उनको भनाई थियो 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com