Global TV Logo
लोड हुँदैछ...

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९ अर्ब ११ करोड, नबिल बैंक सबैभन्दा अगाडि

S
Sristi Thakuri
२०२६-११-०१, ०६:३२ AM
होमपेज/विशेष समाचार
पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९ अर्ब ११ करोड, नबिल बैंक सबैभन्दा अगाडि

काठमाडौँ, कात्तिक १५ - चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । 

सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका हुन् । सार्वजनिक विवरण अनुसार अधिकांश बैंकहरूको नाफामा सुधार देखिएको छ । केही बैंकको नाफामा सामान्य गिरावट आएको छ । यस अवधिमा १० वटा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् । ३ महिनामा सबैभन्दा धेरै नाफा कमाउने सूचीमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिलले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । १ अर्बभन्दा माथि नाफा कमाउने अन्य बैंकहरूमा एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक रहेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा दोब्बरभन्दा बढीको वृद्धि गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com