Global TV Logo
लोड हुँदैछ...

बजेटमाथि सरकारको जवाफ चित्त नबुझेपछि नेकपाको अवरोध, कर्णाली प्रदेशसभा बैठक स्थगित

B
Buna Ghimire
२०२६-०६-२५, १०:३३ AM
होमपेज/प्रदेश समाचार
बजेटमाथि सरकारको जवाफ चित्त नबुझेपछि नेकपाको अवरोध, कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ।आज बसेको प्रदेशसभा बैठक सुरु हुनासाथ नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सदस्यहरूले उठाएका प्रश्नमा सरकारले स्पष्ट जवाफ नदिएको आरोप लगाए।

शाहीले बजेटका कमजोरी र सांसदहरूले उठाएका विषयलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएपछि नेकपा सांसदहरूले बैठक अवरुद्ध गरेका थिए। अवरोधका कारण सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिपक्षी दलले बजेटमाथि उठेका प्रश्नको स्पष्ट सम्बोधन नभएसम्म सदन सञ्चालनमा सहयोग नगर्ने संकेत दिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com