Global TV Logo
लोड हुँदैछ...

सरकारको दाबी : नेपालमा आठ महिनालाई पुग्ने चिनी मौज्दात, कृत्रिम अभाव नगर्न आग्रह

B
Buna Ghimire
२०२६-०५-१७, ०५:२८ AM
होमपेज/आर्थिक
सरकारको दाबी : नेपालमा आठ महिनालाई पुग्ने चिनी मौज्दात, कृत्रिम अभाव नगर्न आग्रह

सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । 

चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह पनि गरेका छन् । पछिल्लो पटक भारतले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको बैशाख ३० देखि निर्यातमा प्रतिबन्ध लगाएको छ ।

 यसतर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग झण्डै आठ महिनाको माग धान्ने अवस्था रहेको मन्त्रालयको दाबी छ । यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको थियो । 

संघका अनुसार अहिलेसम्म झण्डै १ लाख ८ हजार मेट्रिक टन चिनी उद्योगमै मौज्दात रहेको छ । त्यस्तै बजारमा झण्डै २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com