Global TV Logo
लोड हुँदैछ...

बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग

B
Binita Thapa
२०२६-०९-०२, ०७:३३ AM
होमपेज/विशेष समाचार
बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग

भदौ १७- रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको भीषण बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग गरेको छ ।

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना एवं पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।  रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले अर्थमन्त्रीलाई भेटेर बाढीपीडितका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् । 

भोटेकोसी बाढीले पु¥याएको अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरी १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका हुन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com