Global TV Logo
लोड हुँदैछ...

ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट, पुँजीगत खर्चमा ६ प्रतिशत कटौती

S
Sristi Thakuri
२०२६-०६-२४, १२:१७ PM
होमपेज/विशेष समाचार
ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट, पुँजीगत खर्चमा ६ प्रतिशत कटौती

काठमाडौं असार १० - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षकै हाराहारीमा रहेको महानगरले जनाएको छ।

बुधबार बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।

कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता तथा प्रशासनिक खर्च बढ्ने भएकाले चालु खर्च अघिल्लो वर्षको तुलनामा बढाइएको छ। तर संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान घटेका कारण पुँजीगत बजेट भने करिब ६ प्रतिशतले कम गरिएको छ।

महानगरले वडा तहका कार्यक्रम, विषयगत क्षेत्रका योजना तथा निर्माणाधीन आयोजनालाई प्राथमिकतामा राखेको जनाएको छ। साथै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक प्रगति प्रतिवेदनको व्यवस्था गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com