Global TV Logo
लोड हुँदैछ...

७३औँ जन्मजयन्तीमा सामाजिक उत्तरदायित्वका कार्यक्रम

S
Sristi Thakuri
२०२६-०७-३०, ०६:५५ AM
होमपेज/विशेष समाचार
७३औँ जन्मजयन्तीमा सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौं , साउन १४ - दिवाकर गोल्छा अर्गनाइजेशनले आफ्नो संस्थापक तथा नेपालको औद्योगिकीकरण र उद्यमशीलताको अग्रदूत स्वर्गीय दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।

 संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उद्योगका कारखाना, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी संस्थापकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

संस्थाले स्वर्गीय दिवाकर गोल्छाको दूरदर्शिता, मार्गदर्शन र देश निर्माणप्रतिको समर्पणलाई स्मरण गर्दै स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने उनको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ। संस्थापक दिवसको अवसरमा देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, कर्मचारी सम्मान कार्यक्रम, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण र कीर्तिपुर अस्पताललाई डायलासिस उपकरण हस्तान्तरणलगायतका कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

विज्ञप्तिअनुसार स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। वातावरण संरक्षणको सन्देशसहित विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ भने विद्यालय र वृद्धाश्रममा भोजन वितरण गरी सामुदायिक सेवामा योगदान पुर्‍याइएको संस्थाले जनाएको छ। साथै, कीर्तिपुर अस्पताललाई डायलासिस उपकरण हस्तान्तरण गरिएको जानकारी पनि दिइएको छ।

दिवाकर गोल्छाको औद्योगिकीकरण र रोजगारी सिर्जनाको सोचलाई निरन्तरता दिँदै देशका विभिन्न भागमा जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिल युटेन्सिल, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योगहरू स्थापना गरिएको संस्थाले जनाएको छ। ती उद्योगमार्फत हाल करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको विज्ञप्तिमा उल्लेख छ।

नेपालको पहिलो स्टिल उद्योगका रूपमा स्थापना भएको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा गुणस्तरीय जस्तापाता स्वदेशमै उत्पादन गर्दै देशको अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको पनि संस्थाले स्मरण गरेको छ।

दिवाकर गोल्छा फाउन्डेशनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com