Global TV Logo
लोड हुँदैछ...

७७४ बीवाईडी गाडी नियन्त्रण प्रकरण : सिमेक्स कम्पनीसँगै अर्थमन्त्री डा. वाग्ले समेत विवादमा

S
Sristi Thakuri
२०२६-०६-०५, ०७:०१ AM
होमपेज/व्यापार
७७४ बीवाईडी गाडी नियन्त्रण प्रकरण : सिमेक्स कम्पनीसँगै अर्थमन्त्री डा. वाग्ले समेत विवादमा

काठमाडौं । बजेटको एक दिनअघिसम्म कोरला नाकामार्फत नेपालमा ८२५ वटा बीवाईडी विद्युतीय गाडी आयात भएको तथ्यसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विवादमा तानिएका छन् । 

कोरला नाकामा जाँचपास भएका र नभएका बीवाईडी सवारी साधनमध्ये ७७४ वटा गाडी सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको घटनाले बजेटमा हेरफेर हुन लागेका करका दरहरु व्यवसायी माझ पहिले नै पुगेको आशंका पैदा गराएको छ । मुस्ताङ भन्सार कार्यालय कोरलाका अनुसार आगामी आर्थिक वर्ष २०८३ ०८४ को बजेट आउनु एक दिनअघि अर्थात् जेठ १४ गतेसम्म चीनबाट ८२५ वटा बीवाईडी ब्राण्डका विद्युतीय गाडी नेपाल प्रवेश गरेका थिए । यो घटनाले बजेट पहिले नै लिक भएको आशंका पैदा गर्ने ठाउँ दिएको छ । 

रसुवामा भएका केही घटना र शंकास्पद गतिविधिहरूका कारण सुरक्षा निकायले अनुसन्धानका लागि लियन्त्रणमा लिएका गाडीहरू सिमेक्स कम्पनी नेपालले ल्याएको हो । काभ्रेपलाञ्चोकको दाप्चा घर भएकी की यमुना श्रेष्ठ बिवाइडीकी एजेण्ट हुन् । बजेटमा विद्युतीय सवारी साधनको करको दर हेरफेर भएको सूचना चुहिएपछि ठूलो संख्यामा गाडी भित्र्याइएको आंशका गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com