Global TV Logo
लोड हुँदैछ...

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल

B
Binita Thapa
२०२६-१०-२९, ०६:५९ AM
होमपेज/विशेष समाचार
एनपीएलमा  उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल

काठमाडौं, कात्तिक १२- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल दिने घोषणा गरेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत खेलाडीलाई चाँदीको बल दिन थालृेको हो । खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्दै प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यले कम्पनीले यो पहल गरेको जनाएको छ । आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । 

एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच खेल हुँदा दुवै टोलीका एक–एक उत्कृष्ट खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् ।   यसले खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत प्रदर्शनलाई समेत महत्त्व दिने अपेक्षा गरिएको छ । एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

 उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष सम्मान दिने एक्स्ट्रिमको यस पहलले खेलाडीको मनोबल बढाउनुका साथै एनपीएलको रोमाञ्च थप बढाउने अपेक्षा गरिएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com