Global TV Logo
लोड हुँदैछ...

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आज

S
Sristi Thakuri
२०२६-१०-२९, ०५:१९ AM
होमपेज/विशेष समाचार
नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आज

काठमाडौँ , कात्तिक १२ - नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । 

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज गर्न लागेको हो । सभापति गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ । 

निर्वाचन समितिले गत सोमबार नै सूचना प्रकाशित गरेर १५ औँ महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थित हुन भनेको छ । असोज १८ देखि २३ मा कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ । आजै बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी सदस्य मनोनीत गर्ने तयारी छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com