सुनसरी घटनापछि प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
S
Sristi Thakuri२०२६-०७-३०, ११:३५ AM

सुकाठमाडौं , साउन १४ - नसरीको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिका बीच प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शाहले समसामयिक अवस्था, शान्ति–सुरक्षा तथा सामाजिक सद्भावका विषयमा आजै राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
सुनसरी घटनापछि देशका विभिन्न स्थानमा त्यसको प्रभाव देखिन थालेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सम्बोधनमार्फत सरकारले पछिल्लो अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्नुका साथै नागरिकलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्ने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



