सरकारद्वारा सडक पूर्वाधारमा ठूलो लगानी, १ हजार किमि कालोपत्र गर्ने घोषणा

सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।त्यसैगरी सोही अवधिमा २०० वटा सडक पुल निर्माण गरिनेछ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको निर्माण यसै वर्ष सक्ने सरकारको योजना छ ।दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण गर्ने लक्ष्यसमेत बजेटमा राखिएको छ । पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ, जसअन्तर्गत ४० वटा पुल र ४ वटा सुरुङ निर्माण गरिनेछ । हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ ।कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



