विज्ञान, प्रविधि र नवप्रवर्द्धनका लागि बजेट विनियोजन
S
Sristi Thakuri२०२६-०५-२९, ११:१४ AM

सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्द्धन क्षेत्रमा छुट्टै बजेट विनियोजन गरेको छ । सांसद महावीर पुनको मागअनुसार उक्त क्षेत्रमा बजेट सुनिश्चित गरिएको हो ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजीगत खर्चको एक प्रतिशत रकम यस क्षेत्रमा विनियोजन गरिएको जानकारी दिए ।यसअघि सांसद महाविर पुनले विज्ञान तथा अनुसन्धान क्षेत्रलाई बजेटको निश्चित प्रतिशत छुट्याउन माग गर्दै आएका थिए । सरकारले सोही मागलाई सम्बोधन गर्दै नवप्रवर्द्धन र अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



