Global TV Logo
लोड हुँदैछ...

बजेटमा प्रहरी अनुसन्धान प्रणालीमा एआई प्रयोग गर्ने घोषणा

S
Sristi Thakuri
२०२६-०५-२९, १२:१७ PM
होमपेज/आर्थिक
बजेटमा प्रहरी अनुसन्धान प्रणालीमा एआई प्रयोग गर्ने घोषणा

सरकारले प्रहरी अनुसन्धानलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ।शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रहरी अनुसन्धान प्रणालीलाई आधुनिक प्रविधि र कृतिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत थप प्रभावकारी बनाइने जानकारी दिएका हुन्।

अर्थमन्त्री वाग्लेले अनुसन्धान प्रक्रियामा प्रविधिको प्रयोग विस्तार गर्दै प्रहरीको क्षमता अभिवृद्धि गरिने बताए। उनका अनुसार एआईको प्रयोगले अपराध अनुसन्धानलाई छिटो, शुद्ध र प्रमाण–आधारित बनाउन सहयोग पुग्नेछ।त्यसैगरी, प्रहरीले प्रयोग गर्ने भौतिक संरचना तथा पूर्वाधारहरूको पुनर्निर्माण र स्तरोन्नति पनि गरिने बजेटमा उल्लेख गरिएको छ।हालै भएको जेनजी आन्दोलनका क्रममा प्रहरीका धेरै संरचनामा क्षति पुगेको सन्दर्भलाई ध्यानमा राख्दै पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बजेटमा प्रहरी अनुसन्धान प्रणालीमा एआई प्रयोग गर्ने घोषणा | Global TV Khabar