चीन–रुसको संयुक्त घोषणा : बहुध्रुवीय विश्व व्यवस्थामा जोड

चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीचमा भएको उच्चस्तरीय वार्तापछि चीन र रुसले संयुक्त विज्ञप्ति जारी गरेका छन्। संयुक्त विज्ञप्तिमार्फत दुवै देशले समान, सन्तुलित र बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै अझ न्यायपूर्ण र निष्पक्ष अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणका लागि विश्व समुदायलाई आह्वान गरेका हुन्। विज्ञप्तिमा विश्व व्यवस्थालाई सहकार्य, साझा हित र पारस्परिक सम्मानका आधारमा अघि बढाउनुपर्ने उल्लेख गरिएको छ। चीन र रुसले प्रत्येक देशको सुरक्षालाई समान महत्त्व दिनुपर्ने, विश्व निर्णय प्रक्रियामा धेरै देशको सहभागिता सुनिश्चित गरिनुपर्ने तथा विविध संस्कृति, विचार र सभ्यताको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। दुवै देशले बहुध्रुवीय विश्व व्यवस्थाको निर्माण र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। शिखर सम्मेलनका क्रममा चीन र रुसबीच व्यापार, प्रविधि तथा विभिन्न रणनीतिक क्षेत्रसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको छ। वार्तापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले “अधिक न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली” निर्माणमा चीन र रुसले विशेष ध्यान दिनुपर्ने बताएका छन्। यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको सम्बन्ध “साँच्चिकै अभूतपूर्व स्तरमा पुगेको” प्रतिक्रिया दिएका छन्।रुसी राष्ट्रपति पुटिन मंगलबार राति चीनको राजधानी द्यभष्वष्लन पुगेका थिए। उनले बुधबार आफ्नो चीन भ्रमण सम्पन्न गरेका हुन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



