Global TV Logo
लोड हुँदैछ...

औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो, २७३ वस्तुमा लागू

S
Sristi Thakuri
२०२६-०५-२९, १०:५७ AM
होमपेज/आर्थिक
औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो, २७३ वस्तुमा लागू

सरकारले उद्योग क्षेत्रलाई राहत दिने उद्देश्यसहित २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमूलक उद्योगको लागत कम गर्न यस्तो व्यवस्था गरिएको बताए । उनकाअनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार दरलाई तयारी वस्तुभन्दा कम्तीमा एक तह कम बनाइनेछ । सोही नीतिअनुसार २७३ प्रकारका कच्चा पदार्थमा भन्सार महसुल घटाइएको हो ।सरकारले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने, उत्पादन लागत घटाउने तथा आयात प्रतिस्थापनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो, २७३ वस्तुमा लागू | Global TV Khabar